अब प्रकाशित हुने हरेक पाठ्यपुस्तकको अग्रिम पेजमा पृथ्वीनारायण शाहको तस्बिर राख्न माग गरेको छ

काठमाडौं – राप्रपा निकट विद्यार्थी सङ्गठन राप्रविसंले आज एक प्रेस विज्ञप्ती जारी गर्दै अब प्रकाशित हुने हरेक पाठ्यपुस्तकको अग्रिम पेजमा पृथ्वीनारायण शाहको तस्बिर राख्न माग गरेको छ।
साथै सङ्गठनले पृथ्वीनारायणको तस्विर सँगै शान्तीका दुत भगवान गौतम बुद्धको पनि तस्बीर राख्न भनेको छ।
महासचिव राज बस्नेतको हस्ताक्षर रहेको विज्ञप्तीमा भनिएको छ ‘राष्ट्र निर्माताको अपहेलना कुनै देशमा हुन्छ भने त्यो यही देश हो जहाँ राष्ट्र निर्मातालाइ सम्झन पनि लायक ठानिदैन ।’
गणतन्त्रको उदय पश्चात राष्ट्रनिर्मातालाई पनी सामन्तकै टोकडीमा मात्र सिमीत गरिएकोमा पनि राप्रविसंले आपत्ती जनाएको छ। साथै आगामी पुस्तामा नेपालीमा रहेको बुद्धत्व, विरता र गौरवपुर्ण इतिहाँसको गाथा उत्तिकै सम्मानमा राख्न र राष्ट्र निर्मातालाई हरेक ढुकढुकीमा पुर्याउन पाठ्यपुस्तका का माध्यमबाट देशव्यापी रूपमा जागरण गर्नु तट्कारो आवस्यकता  हो।
साथै राष्ट्रिय एकता र राष्ट्रियता कमजोर भएको र राष्ट्र निर्मातालाई इतिहाँसमा विलिन गराउने चलखेल भएकाले हराउँदै गरेको इतिहाँस र विरताको सम्मानलाई राप्रविसं फर्काउन चाहान्छ।विज्ञप्तीमा भनिएको छ।
सङ्गठनले राप्रविसंको जोस(विद्यार्थी लोन कोष खुविको समिक्षा(इच्छा अनुसारको शिक्षा रोजगारीको साँचो( प्राविधिक शिक्षाको खाँचो राप्रविसंको जोस(विद्यार्थी लोन कोष जस्ता नाराका साथ विद्यार्थीलाई निशुल्क स्वास्थ्य उपचारको पनि माग गर्दै आएको महासचिव राज बस्नेतले जानकारी दिए।
  

Comments