Posts

Showing posts from November, 2017

तराईका बाढीपीडितलाई राहत प्याकेज दिने मन्त्रिपरिषदको निर्णय

२० कात्तिक, काठमाडौं । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मुखमा तराई मधेसका बाढी प्रभावित क्षेत्रमा राहतको विशेष प्याकेज ल्याउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले विशेष प्याकेजको तयारी गर्न अर्थमन्त्रालयलाई जिम्मा दिएको छ । साउन महिनामा आएको बाढी र पहिरोले तराई मधेसको अधिकांश बस्ती डुबानमा परेको थियो भने ठूलो जनधनको क्षति भएको थियो । त्यसको तीन महिनापछि सोमबार बसेको मन्त्रिपरिषद बैठकले विशेष राहत प्याकेज ल्याउने निर्णय गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले अनलाइनखबरसँग भने, ‘बाढी पीडितका लागि विशेष राहत प्याकेजको तयारी गर्न अर्थ मन्त्रालयलाई जिम्मा दिइएको छ । यो प्याकेज एक-दुई दिनमा सार्वजनिक हुन्छ ।’ सरकारले रक्षा सचिवमा विनोद केसीको सरुवा गरेको छ भने मलेसियाको राजदूतमा निरन्जनमान बस्नेतलाई अर्को व्यवस्था नभएसम्म यथावत राख्ने निर्णय पनि गरेको छ । यसैगरी मन्त्रिपरिषद बैठकले अमेरिकाले ग्रामिण कृषि सडक निर्माणका लागि दिने एक सय मिलियन डलर सहयोग लिने विषयमा सहयोग गर्न वार्ता समिति गठन गरिएको छ । १६ जिल्लामा रहेको ३८८ किलोमिटर लाम...

प्रदीप गिरीका प्रतिस्पर्धीः पूर्वउपप्रधानपञ्चदेखि वडा सदस्यसम्म सिराहा १ मा प्रदीप गिरी कति सुरक्षित ?

२० कात्तिक, लहान । प्रखर वक्ता एवं समाजवादी चिन्तक समेत मानिने नेपाली कांग्रेसका प्रभावशाली नेता प्रदीप गिरी १८ वर्षपछि प्रत्यक्ष चुनाव लड्न मैदानमा उत्रिएपछि सिराहामा चुनावी रौनक फेरिएको छ । मधेस आन्दोलनको उद्गम थलो मानिने लाहानलाई समेत समेटिएको सिराहा क्षेत्र नम्बर १ मा गिरी चुनाव लड्दैछन् । १८ वर्षअघि ०५६ सालमा एमालेका धर्मनाथ साहसँग सिरहा ५ मा पराजित भएयता गिरी प्रत्यक्ष चुनाव लडेका थिएनन् । ०४८ सालदेखि लगातार ५ पटक कांग्रेस नेता पद्मनारायण चौधरीले प्रतिस्पर्धा गरेको क्षेत्रमा यसपटक गिरीको प्रवेश भएको छ । सिराहाका ४ वटा निर्वाचन क्षेत्रमध्ये अहिले धेरैको चासो क्षेत्र नम्बर १ मै किन पनि छ भने एमालेका युवा नेता गंगाप्रसाद यादव र पूर्वमन्त्री तथा फोरम नेता राजलाल यादवसँग कांग्रेस नेता गिरीको त्रिपक्षीय प्रतिस्पर्धा हुँदैछ । प्रदीप गिरीको घर पनि यही क्षेत्रमा रहेकाले प्रतिस्पर्धा रोचक हुने देखिन्छ । लहानका कारण हरेक आन्दोलनमा चर्चाको शिखरमा रहने सिराहाको क्षेत्र नम्बर १ मा प्रायः संसदीय चुनावमा कांग्रेसका पद्मनारायण चौधरीले जित्दै आएका थिए । तर, स्थानीय चुनावमा लहानसहित यो क्षेत्...

कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा?

आदरणिय केपी ओलिज्यू अध्यक्ष नेकपा एमाले सम्मानसाथ हार्दिक जय नेपाल म जान्दछु हामी झापाली हुनुभन्दा अघि नेपाली हौं। अतः झापाबाट नामसारी गरेर भक्तपुरको बालकोटमा भोट हाल्नु भएकोमा यहाँप्रति मेरो कुनै आपत्ति छैन। मेरो पार्टीको नेता नभए पनि यहाँ मेरो देशको एक अग्रज नेता हुनुहुन्छ र मैले सदैव सम्मान गरेको एक नेता हुनुहुन्छ। एउटा राष्ट्रिय नेता कुनै एक जिल्लाको मात्रै हुनसक्दैन्। कहाँ-कुन ठाँउको मतदाता बन्ने त्यो सम्बन्धित व्यक्तिको निजी छनोट र निर्वाचन आयोगले निर्धारण गरेको विधिभित्रको कुरा हो। ऐतिहासिक सुन्दर नगरीमा आफ्नो भोट हाल्नु भयो, यसमा कसैले पनि आपत्ति प्रकट गर्न मिल्दैन। तर पनि एउटा प्रश्न भने भीषण ढंगले मनमा उब्जिएको छ-‘केपी कमरेड यहाँले झापा किन छोड्नुभयो?’ त्यो झापा…,जहाँ संघर्ष गरेर तपाईं उठ्नु भयो, जहाँ छ `सुखानी´ अनि तपाईंका दौंतरीका सम्झनाहरू, जहाँ छन् तपाईँका लागि जीवन दिनसक्ने सयौं एमाले कार्यकर्ता। त्यो झापा…,जहाँ पवित्र कन्काई माइ छ। जहाँ कृष्ण थुम्की र अर्जुनधारा धाम छ। जहाँ केचनाकवल अनि ऐतिहासिक विराटपोखरी छ। त्यो झापा…, जहाँ छन् सिरूवा मनाउने राजवं...

मध्यगतिका बलर नवीन उल–हक र अफस्पिनर मुजिब जार्डनको बलमा असहज महसुस गरेको नेपाल १ सय ४१ रनले पराजित भएको छ

आइसिसी एसिया युथ–१९ विश्व कप छनोटअन्तर्गत विहिबार भएको खेलमा नेपालले आफ्नो पुरानो प्रतिद्वन्दी अफगानिस्तानसँग अहिलेसम्मकै सबैभन्दा खराब पराजय भोगेको छ। मध्यगतिका बलर नवीन उल–हक र अफस्पिनर मुजिब जार्डनको बलमा असहज महसुस गरेको नेपाल १ सय ४१ रनले पराजित भएको छ। यसअघि सिङ्गापुरलाई ४ र मलेसियालाई ५ विकेटले पराजित गरेको नेपालका लागि ब्याट्सम्यानले फेरि निरास पारे। पुछारमा पवन सरार्फबाहेक कुनै पनि नेपाली ब्याट्सम्यानले दोहोरो अंक चुम्न सकेनन्। पवनले २६ रन बनाएका थिए। नेपालले टस जितेर अफगानिस्तानलाई पहिलो ब्याटिङको निम्तो दिएको थियो। जसमा शाहब आलमको ३, कप्तान सन्दीप लामिछाने र पवन सरार्फको २–२ विकेट लिएपछि अफगानिस्तानले ४९ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १ सय ९० रन बनाएको थियो। प्रत्युत्तरमा नेपाली ब्याट्सम्यान सुरु देखि नै अफगानी बलरको प्रभावमा देखिए। हकले ४ ओभरमा १ मेडन राख्दै ८ रन खर्चेर ४ बलमा ४ विकेट लिएपछि नेपालले सुरुमै अफगानिस्तानलाई खेल सुम्पिएको थियो। उनले दीपेन्द्रसिह ऐरी, प्रनित थापामगर, अनिल शाह र आदील खानलाई ४ बलमा ह्याट्रिकसहित आउट गरेका थिए। यस्तै, जार्डनले ९ ओभरमा ५ मेडनसहित ७ ...

भारतीय क्रिकेटमा प्रशिक्षक नियुक्ति विवाद समाप्त भएको केही दिन नबित्दै अर्को विवादले जन्म लिएको छ

भारतीय क्रिकेटमा प्रशिक्षक नियुक्ति विवाद समाप्त भएको केही दिन नबित्दै अर्को विवादले जन्म लिएको छ। भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को सल्लाहकार समितिले नियुक्त गरेको बलिङ प्रशिक्षक जाहिर खानलाई लिएर मुख्य प्रशिक्षक रवी शास्त्री त्यति खुसी देखिएका छैनन्। खेलाडीको रुपमा जाहिरको निकै प्रंशसक मानिन्छन, रवी। तर, प्रशिक्षकको रुपमा रवीको पहिलो रोजाई आन्द्र प्रदेशका ५४ वर्षीय भरत अरुण हुन्। उनले ८० को दशकमा भारतबाट २ टेस्ट र ४ एकदिवसीय खेलेका थिए। सन् १९८६ मा अरुणले श्रीलंकाविरुद्ध टेस्टमा डेब्यु गरेका थिए। रवी र अरुण लामो समयदेखिका साथी हुन्। उनीहरु सँगै युथ–१९ टोलीमा पनि संलग्न थिए। रवीकै सिफारिसमा सन् २०१४ मा जो डावेसलाई हटाएर बिसिसिआईले अरुणलाई भारतीय टिमको बलिङ प्रशिक्षक बनाएको थियो। २०१६ मा रवी भारतीय टिमबाट अलग भएपछि अरुण पनि हटेका थिए। अरुणको क्रिकेट करिअर त्यति राम्रो छैन्। तर, उनी भारतमा राम्रो बलिङ प्रशिक्षक मानिन्छन्। सल्लाहकार समितिले जाहिरलाई बलिङ प्रशिक्षक नियुक्त गर्दा रवीलाई विश्वासमा लिएका थिएनन्। त्यसैले उनी सल्लाहकार समितिको सिफारिसलाई लिएर बिसिसिआईसमक्ष जान सक्ने बताइएको छ...

अब प्रकाशित हुने हरेक पाठ्यपुस्तकको अग्रिम पेजमा पृथ्वीनारायण शाहको तस्बिर राख्न माग गरेको छ

काठमाडौं – राप्रपा निकट विद्यार्थी सङ्गठन राप्रविसंले आज एक प्रेस विज्ञप्ती जारी गर्दै अब प्रकाशित हुने हरेक पाठ्यपुस्तकको अग्रिम पेजमा पृथ्वीनारायण शाहको तस्बिर राख्न माग गरेको छ। साथै सङ्गठनले पृथ्वीनारायणको तस्विर सँगै शान्तीका दुत भगवान गौतम बुद्धको पनि तस्बीर राख्न भनेको छ। महासचिव राज बस्नेतको हस्ताक्षर रहेको विज्ञप्तीमा भनिएको छ ‘राष्ट्र निर्माताको अपहेलना कुनै देशमा हुन्छ भने त्यो यही देश हो जहाँ राष्ट्र निर्मातालाइ सम्झन पनि लायक ठानिदैन ।’ गणतन्त्रको उदय पश्चात राष्ट्रनिर्मातालाई पनी सामन्तकै टोकडीमा मात्र सिमीत गरिएकोमा पनि राप्रविसंले आपत्ती जनाएको छ। साथै आगामी पुस्तामा नेपालीमा रहेको बुद्धत्व, विरता र गौरवपुर्ण इतिहाँसको गाथा उत्तिकै सम्मानमा राख्न र राष्ट्र निर्मातालाई हरेक ढुकढुकीमा पुर्याउन पाठ्यपुस्तका का माध्यमबाट देशव्यापी रूपमा जागरण गर्नु तट्कारो आवस्यकता  हो। साथै राष्ट्रिय एकता र राष्ट्रियता कमजोर भएको र राष्ट्र निर्मातालाई इतिहाँसमा विलिन गराउने चलखेल भएकाले हराउँदै गरेको इतिहाँस र विरताको सम्मानलाई राप्रविसं फर्काउन चाहान्छ।विज्ञप्तीमा भनिएको छ। सङ्गठ...

जनकपुरमा डेरा गरी बस्न लागेको एक बर्ष हुन लागे पनि नयाँ डेरा सरेको महिना लागेको थिएन । प्रहरीकै दवाबका कारण पुरानो घरबेटीले अकस्मात् डेरा छोड्न बाध्य बनाएका थिए

मधेश बलिदानी दिवस अर्थात माघ ५ गते लहानमा करिब एक लाख जनतालाई सम्बोधन गरी जनकपुरस्थित डेरामा फर्के पछि नै डा.सी. के. राउत गिरफ्तार हुन सक्ने हल्ला फैलिसकेको थियो । जनकपुरमा डेरा गरी बस्न लागेको एक बर्ष हुन लागे पनि नयाँ डेरा सरेको महिना लागेको थिएन । प्रहरीकै दवाबका कारण पुरानो घरबेटीले अकस्मात् डेरा छोड्न बाध्य बनाएका थिए । कसैले डेरा नै दिन नमाने पछि जनकपुर चार माछाबजार नजिकै धेरै समयदेखि मान्छे नबस्ने एउटा घरलाई एक साता लगाएर सफा गर्न लगाई त्यसमै सरेका थिए । पहिलो डेरा खोज्न पनि निकै गाहे भएको थियो । राजबिराजमा आमाबुबासँग बस्दा प्रहरीले जहिले पनि वृद्धबृद्धा आमाबुवालाई सताई राख्ने, मध्यराती पनि केरकार गरी धम्काइ राख्ने गरेको थियो । त्यहाँ बस्ने स–साना भान्जा–भान्जीहरुलाई पनि बारम्बार तर्साउने काम प्रहरीबाट भएकोले राजबिराज छोड्ने निर्णय डा.राउतले गर्नु परेको थियो । आमाबुबाको सेवा खासै गर्न सकेन, वृद्धावस्थामा पनि प्रहरीले बारम्बार दुःख दिदाँ राष्ट्रिय मानव अधिकार आयोगलाई समेत बारम्बार ध्यानाकर्षण गराउँदासमेत केही नभएपछि राजबिराज छोडेर जनकपुरधाम सर्न बाध्य भएका थिए । शासकको केन...

कोमल वलीले भनिन्- उम्मेद्वारी फिर्ता लिने कि नलिने दोधारमा छु

दाङ निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारी दिएकी एमाले नेतृ कोमल वलीले उम्मेदवारी फिर्ता लिने वा नलिने भन्ने अझैं द्धविधामै छन्। पार्टीले टिकट नदिएपछि रूष्ट भएर आधिकारिक उम्मेद्वारमाथि बागी उम्मेद्वारी दिएको वलीले आइतवार (आज) उमेदवारी फिर्ता लिने अन्तिम दिनसम्म पनि के गर्ने के नगर्ने आफू दोधारमा रहेको सेतोपाटीसँग बताएकी छन्। दिउँसो १ बजेभित्र उम्मेदवारी फिर्ता लिइसक्नु पर्ने निर्वाचन आयोगको समयसीमा छ। ‘गएराति देखि आइतबार बिहान २ बजेसम्म एमालेका विभिन्न नेतासँग बिभिन्न छलफल भयो। तर, म के गरौँ के नगरौं भन्ने अझै अन्यौंलमा छु,’ उनले भनिन्। केन्द्रबाट समेत एमालेका शीर्ष नेतादेखि कांग्रेस माओवादीका नेताहरू तथा विभिन्न सेलिव्रेटी कलाकारले समेत फोन गरेर कसैले फिर्ता लिन सुझाए भने कसैले नलिन सुझाव दिएको उनले बताइन्। ‘के गर्ने अझै निर्णय लिन सकेको छैन,’उनले भनिन्, ‘एमाले मै बसेर राजनीति गर्ने भए फिर्ता लिनुहोस् भन्नेहरू पनि उत्तिकै छन्, तर तपाँईले एमाले त्याग्नुपर्छ भन्दै फिर्ता लिनुहुन्न भन्नेहरुको पनि कमि छैन, त्यसैले के गरु के नगरु भन्ने द्धविधा ...

मौसमको प्रतिकूलताका कारण यसबर्ष मोरङमा उन्नत जातको उत्पादन घट्ने देखिएको छ । किसानका लागि धान अनुसन्धान केन्द्रले गत सिजनमा उन्नत जातका पाँच प्रकारका धान वितरण गरेको थियो

मौसमको प्रतिकूलताका कारण यसबर्ष मोरङमा उन्नत जातको उत्पादन घट्ने देखिएको छ । किसानका लागि धान अनुसन्धान केन्द्रले गत सिजनमा उन्नत जातका पाँच प्रकारका धान वितरण गरेको थियो टंकीसिनवारी, बाहुनी, कानेपोखरीलगायत स्थानका किसानलाई स्वर्ण सब १, मन्सुली सब १, बीआरआर ४४ र तेहराङ जातका बीउ वितरण गरिएको थियो । गत असोजमा बिगतका वर्षभन्दा अत्यधिक तापक्रम भएको साथै असन्तुलित बनेको वर्षाका कारण उत्पादन घट्ने अवस्था देखिएको केन्द्रले जनाएको छ । केही स्थानमा गरिएको निरीक्षणका क्रममा धानको फूलकै अवस्थामा प्रतिकूल असर परेकाले दाना नभरिएको पाइएको थियो । उन्नत जातका धानको परीक्षण उत्पादनका क्रममा यसपालि अपेक्षित उत्पादन हुन नसक्ने उल्लेख गर्दै केन्द्रले थप स्थानहरुमा यसको परीक्षण उत्पादन गर्ने योजना रहेको जनाएको छ ।   टंकीसिनवारी, बाहुनी, कानेपोखरीलगायत स्थानका किसानलाई स्वर्ण सब १, मन्सुली सब १, बीआरआर ४४ र तेहराङ जातका बीउ वितरण गरिएको थियो । गत असोजमा बिगतका वर्षभन्दा अत्यधिक तापक्रम भएको साथै असन्तुलित बनेको वर्षाका कारण उत्पादन घट्ने अवस्था देखिएको केन्द्रले जनाएको छ । केही स्थानमा गरिएको निरी...

आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गर्दै

निर्वाचन आयोगले आगामी मंसिर २१ गते दोस्रो चरणमा हुने निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी आज निर्वाचन चिन्ह प्रदान गर्दैछ । उम्मेदवारमाथि परेका उजुरीमाथि छानबिन गरी हिजो निर्णय गरेको आयोगले उम्मेदवारी फिर्ताका लागि आज बिहान १० देखि १ बजेसम्मको समय दिएको छ । उम्मेदवारी फिर्ताको समय लगत्तै दिउँसो १ देखि ३ बजेसम्ममा अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको छ । आजै अपरान्ह ३ देखी ६ बजेको अवधिमा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने निर्वाचन तालिका छ । दोस्रो चरणमा निर्वाचन हुने १ सय २८ क्षेत्रमा प्रत्यक्षतर्फ ४ हजार ७ सय ४० उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । ती मध्ये तनँहु १ मा स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको छ । दोस्रो चरणको निर्वाचनमा १ करोड ९८ लाख ८ सय ५२ मतदाता सहभागी हुने निर्वाचन आयोगले जनाएको छ ।    निर्वाचन आयोगले आगामी मंसिर २१ गते दोस्रो चरणमा हुने निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी आज निर्वाचन चिन्ह प्रदान गर्दैछ ...

रोल्पाका सबै स्थानीय स रकारको पहिलो प्राथमिकता शिक्षारोल्पा, कात्तिक १९ (रासस)

स्थानीय तहको निर्वाचनसँगै गठन भएका रोल्पाका दशवटै स्थानीय सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकता दिई काम अगाडि बढाएका छन् । प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शैक्षिक सरोकारवालाको भेलागरी शैक्षिक अवस्था पहिचानसमेत गरेका उनीहरूले शैक्षिक क्षेत्रमा सुधार गर्नुपर्ने योजनाको खाकासहित काम अगाडि बढाएको बताएका छन् । जिल्लामा शैक्षिक अवस्था निकै कमजोर रहेका कारण विकासको मेरुदण्डको रूपमा शिक्षालाई स्वीकार गरी प्राथमिकताका साथ काम थालनी गरेका छौँ रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले भने। सबै विद्यालयको अवस्था सुधार नभएसम्म शैक्षिक उपलव्धि हासिल नहुने तर्क गर्दै भौतिक पूर्वाधारलाई निरन्तरता दिँदै शैक्षिक विकासलाई प्राथमिकतामा राखी काम थालनी गरेको उनले बताए। शिक्षकहरूलाई समयमै उपस्थित हुने, विद्यालय सफाई, विद्यार्थीको पठनपाठनलगायतका विषय समेटेर गाउँपालिकाबाट सबै विद्यालयलाई १३ बुँदे परिपत्रसमेत गरेको त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार ओलीले बताए। विद्यालयको शैक्षिक विकासलाई महत्वपूर्ण स्थान दिएर रणनीतिक योजना तर्जुमा गर्नेगरी बजेट पनि विनियोजन गरेका छौँ ओलीले भने। ...

पोखरामा पर्यटकका लागि बग्गी

पोखरा आउने पर्यटनको लागि नयाँ प्रोडक्टको रुपमा बग्गी व्यवसाय सुरु भएको छ । पोखरामा पर्यटनको नयाँ प्रोडक्टको रुपमा बग्गी व्यवसाय आईतबार देखि सुरु भएको हो । बग्गी एण्ड हर्स राईडिङ प्रालिले संचालन गरेको उक्त व्यवसायको आईतबार राष्ट्रिय समाचार समितिका उपसचिव गोविन्दसिंह भण्डारीले उद्घाटन गर्दै बग्गी सयर गरेका हुन । उनले पोखराको पर्यटनमा थप आकषर्णको रुपमा बग्गी व्यवसाय रहेको बताउदै पशु अधिकारलाई ख्याल गर्दै राम्रोसंग पालन पोषणमा ध्यान दिन आग्रह गरे । पोखरामा अन्तराष्ट्रिय विमानस्थल निमार्ण भएसंगै पोखरामा यस्तो व्यवसाय अझ बढी सम्भावना भएको उनले बताए । पोखराका पर्यटन व्यवसायि वासु त्रिपाठीले हरेक काममा चुनौती हुने हुदा नयाँ प्रोडक्ट भित्रिदा केहि समय स्थापित हुन कठिन हुने जनाए । संचालक मध्यका एक ईन्जिनियर मन बहादुर खड्काको अध्यक्षतामा कार्यक्रम भएको हो । नेपालको मुख्य पर्यटकीय क्षेत्र पोखरामा आन्तरिक तथा बाह्यि पर्यटक प्रवद्र्धन गर्ने उद्धेश्यले व्यवसाय संचालन गरेको प्रालिका संचालक, युवा उद्यमी शान्त शर्माले बताए । भारतबाट अनुभवी घोडाको साथमा बग्गी र चालक समेत झिकायर उनले यो व्यवसाय सुर...

एसएलसी राम्रो अंकका साथ उत्तीर्ण गरेर चिकित्सक बन्ने लक्ष्य बोकेका कतिपय विद्यार्थीहरूद्वारा भविष्यमा के बन्ने भनेर संचार माध्यममा अन्तर्वार्ताका क्रममा सोधिँदा असल डाक्टर बनेर गरीब र दीन–दुःखी बिरामीको सेवा गर्ने भत्रे ती डाक्टरहरूले खोइ कहाँ गएर सेवा गरेका छन् अहिले?

वास्तविक दुःखी र गरिबलाई सेवा प्रदान गर्न ग्रामीण र दुर्गम भेगमा गएर बिरामीहरूको सेवा गर्नुपर्नेमा चिकित्सक बनेपछि आफ्नै पुरानो प्रतिबद्धता र पेशाले बोकेको आदर्श बिर्सेर  सुविधाभोगी र शहर केन्द्रीत भएका छन्। दुर्गम स्थानका अस्पताल, स्वास्थ्यचौकी भएका ठाउँहरूमा समेत चिकित्साकर्मीको अभावमा बिरामीले स्वास्थ्य उपचार पाउन सकेका छैनन् । काममा खटाइएका चिकित्साकर्मी दुर्गम स्थानमा नजाने र सहरमा रहेको निजी स्वास्थ्य संस्थामा अधिक लाभ लिएर काम गर्ने गरेको पाइन्छ। सकेसम्म सुविधा भोग्न खोज्नु, शहर केन्द्रीत हुनु मानवीय स्वभाव स्वाभाविक पनि हुन सक्ला तर थोरै समय भए पनि ग्रामीण भेगमा गएर दीनःदुखीको सेवा गरूँ भन्ने भावनासम्म नदेखिनु स्वास्थ्यकर्मीजस्तो जीवनरक्षाको पेशा अपनाउनेहरूका लागि स्वभाविक मान्न सकिँदैन। चिकित्सकले बिरामीसँग गर्ने बोलीवचन, व्यवहार बिरामी र चिकित्सकबीचको सम्बन्धको मुख्य आयाम हो।  चिकित्सकले गर्ने मिठो बोलीवचन र राम्रो व्यवहारले बिरामीमा धेरै सकारात्मक प्रभाव पार्दछ, आत्मबल जागृत हुन्छ, सकारात्मक सोचाई आई रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतामा समेत वृद्धि हुन जान्छ। तर...

चिकित्सा क्षेत्र भनेकै मानव सेवा, कल्याण र उपचारको पर्यायवाची हो

केही समयअघि नाकको सामान्य समस्याका कारण राजधानीको ओम अस्पतालमा उपचाररत बिरामीको चिकित्सकीय लापरबाहीका कारण मृत्यु भएको समाचार प्रकाशमा आएको थियो। त्यसो त आफ्नो पेशाप्रति इमान्दार, जिम्मेवार, कर्तव्यनिष्ठ र दक्ष चिकित्सकहरू पनि प्रशस्तै छन्। आफ्नो पेशाप्रति इमान्दार र मानवीय सेवाभावले ओतप्रोत भएका चिकित्सक एवं स्वास्थ्यकर्मीप्रति सम्मान प्रकट गर्दै चिकित्सा क्षेत्रमा भएका वा हुने गरेका त्रुटि कमीकमजोरी र सुधारको खाँचो रहेका अन्य विषयका बारेमा चर्चा गर्नु यस आलेखको उद्देश्य हो। चिकित्सा क्षेत्र भनेकै मानव सेवा, कल्याण र उपचारको पर्यायवाची हो। स्वास्थ्य मानव जीवनको सबैभन्दा महत्त्वपूर्ण विषय हो। यसर्थ, स्वास्थ्य क्षेत्रमा संलग्न चिकित्सक लगायत अन्य स्वास्थ्यकर्मीहरू सेवा, संवेदना र मानवीय भावनाले युक्त हुनुपर्दछ। मानवीय र सेवामुखी भावना यस क्षेत्रमा कार्य गर्न चाहने वा कार्य गरिरहेका स्वास्थ्यकर्मीमा हुनुपर्ने पहिलो र अनिवार्य शर्तका रूपमा लिइनुपर्छ। तर अपसोच! कतिपय चिकित्सक र स्वास्थ्य संस्थाका सञ्चालकमा सेवाभन्दा व्यापारमुखी भावना बढी भएका कारण स्वास्थ्य क्षेत्र नै सेवामुखी भन्दा व्य...