मौसमको प्रतिकूलताका कारण यसबर्ष मोरङमा उन्नत जातको उत्पादन घट्ने देखिएको छ । किसानका लागि धान अनुसन्धान केन्द्रले गत सिजनमा उन्नत जातका पाँच प्रकारका धान वितरण गरेको थियो

टंकीसिनवारी, बाहुनी, कानेपोखरीलगायत स्थानका किसानलाई स्वर्ण सब १, मन्सुली सब १, बीआरआर ४४ र तेहराङ जातका बीउ वितरण गरिएको थियो । गत असोजमा बिगतका वर्षभन्दा अत्यधिक तापक्रम भएको साथै असन्तुलित बनेको वर्षाका कारण उत्पादन घट्ने अवस्था देखिएको केन्द्रले जनाएको छ । केही स्थानमा गरिएको निरीक्षणका क्रममा धानको फूलकै अवस्थामा प्रतिकूल असर परेकाले दाना नभरिएको पाइएको थियो । उन्नत जातका धानको परीक्षण उत्पादनका क्रममा यसपालि अपेक्षित उत्पादन हुन नसक्ने उल्लेख गर्दै केन्द्रले थप स्थानहरुमा यसको परीक्षण उत्पादन गर्ने योजना रहेको जनाएको छ ।  

Comments